विचार

ओलीलाई घनश्याम भुसालको स्पष्टीकरण : आज, भोलि वा पर्सि तपाईँ दण्डित हुनु हुनेछ

तपाईँ पार्टी र आन्दोलनको विरुद्ध हुनुहुन्छ
केहि वर्ष आगाडिसम्म लोकतान्त्रिक अभ्यास, सांगठानिक व्यवस्थापन र राष्ट्रिय राजनीतिमा प्रभावका मानदण्डमा हेर्दा दक्षिण एशियाकै अघिल्लो पब्तिमा रहेको हाम्रो पार्टी आज असाधारण सब्कटको भुमरीमा फस्दै गएको छ । यो हामी नेकपा एमालेहरुको मात्रै होइन, नेपाल र दक्षिण एशियाकै राजनीति र संसारभरिका कम्युनिष्टहरुका लागि ठूलो क्षति हो । वस्तुतः लोकतान्त्रिक दायरा साँघुरिँदै र सम्प्रदायका नारा र मूल्यहरुको प्रभाव विस्तार हुँदै गएको यस क्षेत्रमा हाम्रोजस्ता पार्टीहरु कमजोर हुँदा त्यसको चर्को मूल्य यस क्षेत्रको शान्ति, भाईचारा र स्थीरताले तिर्नु पर्छ ।

सब्क्षेपमा, हाम्रो राजनीतिका राष्ट्रिय, क्षेत्रीय र एक हदसम्म अन्तरराष्ट्रिय आयामसमेत छन् । यसरी हेर्दा हामीले आफ्नैलागि निश्चित दायित्वहरु सिर्जना गरेका छौँ जुन दायित्वहरु हामीले भरपर्दो पार्टीको निर्माणद्वारा पूरा गर्न सक्छौँ । आज हाम्रो पार्टीमा समस्या छन्भन्ने कुरा हामी सबैले स्वीकार गर्छौँ । तपाईँका नजरमा त्यसको कारण मसमेत तपाईँसँग नभएकाहरुले गरेको गुटबन्दी हो भने हाम्रा नजरमा त्यसको कारण तपाईँ नै हो । जे होस्समस्या छन्भन्ने कुरा हामी सबैले स्वीकार गर्छौँ । त्यसो भए यसको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा पार्टीमा आवश्यक गम्भिरताका साथ छलफल गर्नुपथ्र्यो । मैले त्यसै गम्भिरताका साथ यस विषयमा छलफल गर्न पार्टी स्थायी÷केन्द्रिय कमिटीका बैठक र तपाईँसँग भएका अनौपचारिक भेटघाटमा कैयौँ पटका लिखित र मौखिकरुपमा उठाउँदै आएको हुँ । दुर्भाग्यवश तपाईँको ध्यान तान्न सकिएन जसप्रति मलाई खेद छ ।

एउटा कम्युनिष्ट पार्टीका लागि राजनीतिक कार्यदिशाले सबै कुराको फैसला गर्छ भन्ने निष्कर्षको महत्वबारे चर्चा गरिरहनु पर्दैन । आज हाम्रो पार्टीका लागि यहि नै सबैभन्दा जरुरी महत्वको विषय हो । नेपालको कम्युनिष्ट पार्टीले हाम्रो नवौँ महाधिवेशनबाट एउटा नयाँ कार्यदिशा लिएको हो । हामी सबैलाई के थाहा छ भने २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना गर्दा कमरेड पुष्पलालको नेतृत्वमा पार्टीले निश्चित गरेको आमकार्यदिशाका आधारमा सबैजसो कम्युनिष्ट पार्टीहरुले आफ्ना कार्यभारहरुको व्याख्या गर्दै आए । अर्धसामन्ती तथा अर्धऔपनिवेशिक सामाजिक व्यवस्था भएको हुँदा मजदुर–किसान एकताको आधारमा सर्वहारावर्गको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने सैद्धान्तिक कार्यदिशा अन्तरगत रणनीति–कार्यनीतिको व्याख्या गरे ।

त्यस हिसाबले हेर्दा यो सम्पूर्ण अवधि एउटा कार्यदिशाको काल थियो । हामीले नवौँ महाधिवेशनबाट अर्को नयाँ कार्यदिशा निश्चित ग¥यौँ । त्यसअनुसार नेपाल सामाजिक–आर्थिक व्यवस्थाका हिसाबले पुँजीवादमा रुपान्तरित भैसकेको छ र जनवादी क्रान्ति सम्पन्न भैसकेको छ । पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भैसकेको हुँदा हामीले लिनु पर्ने बाटो समाजवादको बाटो हो । तर उत्पादक शक्तिको यथेष्ट विकास नभैकन समाजवादको निर्माण हुँदैन । राष्ट्रिय पुँजीको विकासमा दलाल पुँजीले अवरोध बनेको छ । यसप्रकार, दलाल पुँजीलाई साँधु¥याउँदै, नियन्त्रण गर्दै त्यसको ठाउँमा राष्ट्रिय पुँजीको विकास गर्दै र समाजवादी ध्येयका साथ पुँजीको न्यायोचित वितरणको व्यवस्था गदै समाजवादको आधार तयार गर्नु आजको क्रान्तिको कार्यभार हो, कार्यदिशा हो । यो कार्यदिशा आजको समाजवादी कार्यदिशा हो किनकि त्यसो गरेर हामीले समाजवादको तयारी गर्छौँ, तर यो आफैमा समाजवाद होइन किनकि आजको हाम्रो कामले समाजवादको आधारमात्रै निर्माण गर्छ ।

उपरोक्त निष्कर्षले हामीसँग दलाल पुँजीवादलाई साँघु¥याउने, नियन्त्रण गर्ने र समाजवादी ध्येयका साथ राष्ट्रिय पुँजीको विकास गर्ने ठोस कार्यक्रमको माग गर्छ । त्यस्तो कार्यक्रम आजको संघीय, प्रादेशिक र स्थानीय सरकारहरुमार्फत् लागू गर्ने गरी बनाइन्छ । जुन तहको पार्टी कमिटी छ त्यसले त्यहि तहमा उक्त कार्यक्रम लागू गर्छ । सम्बन्धित तहको सरकारमा जाँदा त्यसै तहको पार्टीले पठाएका प्रतिनिधिमार्फत् उक्त कार्यक्रम लागू गर्छ भने विपक्षमा रहँदा जनदबावका विभिन्न क्रियाकलापद्वारा सरकारलाई उक्त कार्यक्रम लागू गर्न दबाब दिन्छ । यसरी संघीय, प्रादेशिक र स्थानीय सरकारहरु सञ्चालन गर्ने वा तिनलाई दबाव दिन सक्ने गरी सम्पूर्ण पार्टी पब्तििलाई एकताबद्ध पार्न एउटा स्पष्ट सब्गठनात्मक व्यवस्था अनिवार्य हुन्छ । अर्थात्, दलाल पुँजीवादलाई साँघु¥याउँदै, नियन्त्रण गदै समाजवादी ध्येयका साथ राष्ट्रिय पुँजीको विकास गर्ने कार्यक्रम बोक्न सक्ने सब्गठन आवश्यक पर्छ अर्थात्आजको क्रान्तिको कार्यदिशा तथा कार्यभार र कार्यक्रम बुझ्ने र लागू गर्ने सदस्यहरुको सब्गठन नैक्रान्तिकारी पार्टी सब्गठन हुन्छ ।

नवौँ महाधिवेशनको उक्त निर्णय लागू गरिएको भए हाम्रो पार्टीको हरेक सदस्य र हरेक कमिटीको मूल्यांकन दलाल पुँजीवादलाई साँघु¥याउने, नियन्त्रण गर्ने र समाजवादी ध्येयका साथ राष्ट्रिय पुँजीको विकास गर्ने क्षमताका आधारमा हुने थियो । त्यहि मूल्याब्कनका आधारमा पार्टी कमिटीका सबै तहका पदाधिकारी र वार्ड सदस्य, अध्यक्ष, गाउँ\नगर पालिकाका प्रमुख÷उपप्रमुख, प्रदेश सभाका सदस्य वा सरकारका मन्त्री, संघीय सांसद वा मन्त्री वा प्रधानमन्त्री, राजदूत, संवैधानिक निकायमा मनोनित हुने पदाधिकारीहरु, राजनीतिक नियुक्तिमा पठाइने व्यक्तिहरुसमेतको चयन गरिन्थ्यो । हरेक सदस्यको मूल्याब्कन निश्चित विधिअन्तर्गत हुन्थ्यो । यहि थियो नवौँ महाधिवेशनको कार्यक्रमिक र सब्गठनात्मक दिशा ।

उपरोक्त सैद्धान्तिक, कार्यक्रमिक र साब्ठानिक सब्गतिका साथ संघीय, प्रादेशिक र स्थानीय तहमा आजको हाम्रो सम्पूर्ण पार्टी पब्ति परिचालित भएको भए गएका तीन वर्षमा मुलुकमा असाधारण परिवर्तन हुने थिए । खासगरी कृषि, उद्योग, शिक्षा, स्वास्थ्य र सुशासनका क्षेत्रमा मुलुकले नयाँ र ठूला उपलब्धी पाउन सक्थ्यो । पार्टीले दीर्घकालीन, मध्यकालीन र तात्कालिक योजनाका साथ मुलुकलाई एउटा नयाँ आशा, विश्वास र संकल्पका साथ आम जनताको नेतृत्व गरिरहेको हुन्थ्यो। त्यस्तो पार्टी पूर्ण लोकतान्त्रिक विधिद्वारा संगठित र परिचालित हुन्थ्यो र समाजमा लोकतान्त्रिक मूल्य र प्रक्रियालाई विस्तार गर्दै जान्थ्यो, संसदीय लोकतन्त्रका औपचारिक प्रक्रिया र त्यसका विकृतिलाई नियन्त्रण गर्दै वास्तविक तथा प्रत्यक्ष लोकतन्त्रलाई सम्भव बनाउँदै लैजान्थ्यो । त्यस्तो पार्टीले मुलुकका सबै वर्ग, जात–जाति, क्षेत्र, भाषाका जनताको एकतालाई सुदृढ बनाउँथ्यो र राष्ट्रिय एकतालाई बलियो बनाउँथ्यो । र, त्यस्तो पार्टीले गरिबी, अशिक्षा, विभेद, बेरोजगारीको उन्मुलन गर्दै मुलुकलाई समृद्धि र समाजवादतर्फ डो¥याउँदै अगाडि बढाउँथ्यो ।

तपाईँ अध्यक्ष भएपछि पार्टीको विचार, सिद्धान्त, राजनीति तथा सब्गठनात्मक सिद्धान्तको मूल्य हराउँदै गयो । तपाईँले पार्टी निर्णयलाई स्वीकार गरेर अगाडि बढेको भए हरेक सदस्यको मूल्याब्कन गुटले गर्ने हुँदा पार्टीभन्दा गुट शक्तिशाली हुनेआजकोअवस्था आउँदैनथ्यो । हरेकजसो सदस्य गुटका पछाडि दौडिरहनु पर्ने र कुन गुट शक्तिशाली छ भनेर हिसाब गरिरहनु पर्ने हुँदैनथ्यो । गुटलाई बलियो बनाउन शक्तिशाली गुटका नेताद्वारा गरिने सदस्यहरुको । ‘खरिद–बिक्री’ जस्ता घृणित गतिविधिहरु हुँदैनथे । गुटबन्दीकै कारणले भ्रष्टाचारमा डामिएकाहरु पुरस्कृत हुने र गुटको सेवा नगरे वापत दशकौँ पार्टी निर्माणमा लागेकाहरु अपमानित भएर बाँच्नु पर्ने हुँदैनथ्यो ।

दलाल पुँजीवादका व्यवस्थापकहरु कम्युनिष्ट पार्टी र राज्यका ठूला ओहोदामा पुग्ने र श्रमजीवी वर्गको नाममा गठित यस पार्टीमा न्याय, सुशासन, समाजवाद, श्रमजीवी वर्गको बदनामी हुने अवस्था आउँदैनथ्यो । व्यक्तिपूजा, शक्तिपूजा, गुटभक्ति नै पार्टी जीवनको संस्कृति बन्दैनथ्यो । वस्तुतः अहिले पार्टीमा म रमेरो पद नै विचारधारा बन्दै गएको छ, पद र सम्पत्ति आर्जन गर्न जे गर्नु पर्छ त्यहि सिद्धान्तका रुपमा स्थापित हुँदैछ, जस्तो सुकै अयोग्य भए पनि आफ्नो गुटको सदस्यको संरक्षण र आफ्नो गुटमा नलाग्नेका विरुद्ध साम–दान–दण्ड–भेदको प्रयोग नै राजनीति हुँदै गएको छ र गुटको व्यवस्थापन सब्गठनात्मक सिद्धान्तका रुपमा स्थापित हुँदैछ । नवौँ महाधिवेशनको निर्णयअनुसार योग्य नेता पाएको भए यो पार्टीमा आज भैरहेको भाँडभैलो हुँदैनथ्यो । अझै पनि हामीले नसोच्ने हो भने एउटा कुनै पनि झोँक्काले यो पार्टी भताभुब्ग हुन सक्छ ।

अझै पनि तपाईँसँग मेरो अनुरोध छ, हाम्रोजस्तो मुलुकको एउटा नागरिकले पाउन सक्ने सबै कुरा यहि आन्दोलनबाट पाएको व्यक्तिका नाताले यसप्रति किञ्चित पनि कृतज्ञता छ भने यसलाई जोगाउन योगदान गर्नु होस्, सक्नु हुन्न भने पनि यसलाई भताभुब् पार्ने काममा नलाग्नु होस् । पार्टीलाई नवौँ महाधिवेशनका निर्णयका आधारमा पुनर्गठित गर्न तयार हुनु होस्। पार्टी र आन्दोलनका विरुद्ध नजानु होस् ।

तपाईँ असहिष्णु हुनुहुन्छ
तपाईँसँग असहमत दोश्रो पुस्तालाई त तपाईँले किनारा लगाईनै सक्नु भएको छ र कोहि बाँकि भए तिनलाई पनि तपाईँले क्रोध र बदलाका साथ गुटबन्दीको सहारामा किनारा लगाउनु नै हुन्छ । तपाईँसँग अहिले दोश्रो पुस्ताको जुन समूह छ त्यसमध्ये केहि धेरै अगाडिदेखि नै छलछाम र तिकडममा लागेर राज्य दोहनमा पारंगत भैसकेका छन् । उनीहरु जे गर्छन् राजनीतिको व्यापार गर्छन् । त्यसबाहेक केहि कमरेडहरु लामो समय मूलतः राजनीतिक आदर्शले प्रेरित भएर सब्घर्ष गरेर आएका हुन्। तिनले स्वतन्त्रतापूर्वक विकास गर्न पाएको भए अहिले नेपाली राजनीतिमा एउटा बलियो नयाँ पुस्ता आउँथ्यो र त्यसका पछाडि अझ अर्को पुस्ता तयार भैसक्ने थियो । तर तपाईँका असहिष्णु छायाँमुनी टाक्सिँदै गएर उनीहरु केवल तपाईँका आदेश पालक जमातमा परिणत हुँदै गएका छन्। उनीहरुको सिर्जना, स्वत्व, प्रतिबद्धता सबै गुम्दै गैरहेको छ । उनीहरु जुन कुरा देख्छन्त्यो बोल्न सक्दैनन्जुन कुरा बोल्छन्त्यो झुठो हो भन्ने उनीहरुलाई थाहा छ । यसरी उनीहरुको व्यक्तित्व पनि विभाजित व्यक्तित्व बन्दैछ ।

सोच्ने एक थोक, बोल्ने अर्को थोक र गर्ने अझै अर्को थोक हुन जाँदा व्यक्तित्व विघटित हुन्छ र नक्कली व्यक्तित्व बन्छ । यसरी सत्ताले नक्कली व्यक्तित्वहरुको झुण्ड तयार गर्छ । तपाईँको सत्ताले पार्टीमा यस्ता नयाँ मानिसहरु जन्माउँदै छ जसको योग्यता आदेश तामेल गर्ने मात्रै हो । यो पार्टी लाखौँ सदस्यको नाम, इज्जत, पहिचान, स्वत्वको मूल्यमा केवल तपाईँको नाम भएको, तपाईँको मात्रै पहिचान र इज्जत भएको, तपाईँ मात्र स्वतन्त्रता रहेको एकमना पार्टीमा बदलिँदै छ । यसरी हाम्रो आन्दोलन आफैले आर्जेको साँस्कृतिक विरासतसमेत एकैपटक गल्र्याम्गुर्लुम्ढल्न सक्ने खतरातर्फ जाँदैछ ।

सतप्रतिशतजस्तै यकिनका साथ के भन्न सकिन्छ भने व्यक्तिगतरुपमा तपाईँसँग कसैले कुनै सहमति वा सम्झौता गरेको थियो भने उसबाट पाउनु पर्ने पाएपछि तपाईँले उसकै विरुद्ध षडयन्त्र गर्न थाल्नु भयो । उदाहरणका लागि अरु धेरैको नाम लिनै पर्दैन, कमरेड वामदेव गौतम नै पर्याप्त हुनुहुन्छ । आठौँ महाधिवेशनमा तपाईँ पराजित भएपछि वरिष्ठ नेता बन्न तपाईँले के के गर्नु भयो त्यसको एउटा साक्षी म
आफै छु । मैले हेर्दा तपाईँको एउटा खतरनाक ग्रन्थी के छ भने तपाईँले जसबाट फाइदा लिनु हुन्छ । अन्त्यमा उसैलाई ठुँग्नु हुन्छ ।

मलाई राम्ररी थाहा छ तपाईँ मसँग किन रुष्ट हुनुहुन्छ । तपाईँले जनताको बहुदलीय जनवादको उत्तराधिकारीजस्तै भएर जेजे गदै हुनुहुन्थ्यो हामीले तपाईको बुझाईको सतहिपनको केवल आलोचना गरेनौँ बरु जबजलाई चुनावदेखि चुनावसम्मको गोलचक्करमा झार्ने वा सत्तामा जाने भ-याङ मात्रै बनाउने तपाईँहरुको व्याख्याको खण्डन गर्दै माक्र्सवादको आधारमा त्यसलाई कसरी राजनीतिक सिद्धान्त बनाउन सकिन्छ भनेर ब्याख्या ग¥यौँ । साथै, तपाईँको विरोध हुँदा हुँदै नवौँ महाधिवेशनले जनवादी क्रान्ति पूरा भएको र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने नयाँ कार्यदिशा समात्यो ।

विचार\सिद्धान्त निर्माणको त्यस प्रक्रियामा मैले त्यसमा अगुवाई गरेँ । कमरेड मदन भण्डारीपछि पार्टीको विचारमा तपाईँले गर्दै आउनु भएको नेतृत्वको दावी र नियन्त्रण सम्भव भएन । मलाई कैयौँ घटना सम्झना छ आठौँ महाधिवेशन अगाडि तपाईँले विचार तथा सिद्धान्तको महत्वका बारेमा कस्ता प्रवचन दिनु हुन्थ्यो । तर आठौँ महाधिवेशनपछि तपाईँले विचार÷सिद्धान्तलाई कसरी अवमुल्यन गर्न थाल्नु भयो भन्ने कुरा तपाईका पुराना र नयाँ प्रवचन सुन्ने जोसुकैले सजिलै थाहा पाउँछ । मप्रति तपाईँले देखाउँदै आउनु भएकोअसहिष्णुतालाई मैले यसै सन्दर्भमा बुझेको छु । र, त्यसको मूल्य तिर्न म तयार नै छु ।

अन्तिम दुई प्रश्न
हाम्रो पार्टीको इतिहास अनेकौँ कठिनाई र उतार चढावबाट गुज्रिएको छ । तर आन्तरिक लोकतन्त्रको अभ्यास गर्दै ती कठिनाइसँग सामना गर्दै आएको छ । अन्य कैयौँ पार्टीहरुमा कुनै व्यक्ति पार्टीको मुख्य पदबाट हट्नुपर्दा पार्टी नै विभाजित गर्ने परम्पराका विपरित हाम्रो पार्टीमा कुनै बेला असाधारण लोकप्रिय महासचिव कमरेड सी पी मैनाली पदबाट हटेर पनि यहि पार्टीमै रहेको, पार्टीले अनेकन्वैचारिक तथा सैद्धान्तिक मुद्दामा उपलब्धी हासील गरेको समयका महासचिव कमरेड झलनाथ खनाल पदबाट हेटेर पनि यहि पार्टीको नेतृत्वमा क्रियाशील रहेको, कमरेड मदन भण्डारीको मृत्यपछि महाचिव भएका कमरेड माधवकुमार नेपालको नेतृत्वको समयमा पहिलो पटक कम्युनिष्ट पार्टीको एकल सरकारको बनाएको तर पार्टीलाई २०६४ सालको संविधानसभा निर्वाचनमा धक्का लागेपछि नैतिक जिम्मेवारी कबोल गरेर राजीनामा दिएको र यहि पार्टीमै क्रियाशील रहेको जस्ता उदाहरणहरु स्थापित भएका छन्।

२०६४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ ३३ सिटमात्रै ल्याएको पार्टीको अध्यक्ष भएर कमरेड झलनाथ खनाल आउनु भएपछि २०७० सालको निर्वाचनमा ९१ सिट ल्यायो । २०६४ सालको तुलनामा यो करिब ३ गुणा ठूलो उपलब्धी थियो । तर कमरेड झलनाथ खनाल २०७१ सालको महाधिवेशनमा स्वयं पछि हट्नु भयो र नेतृत्वको दावी छोड्नु भयो । अर्थात् नेतृत्वमा बसिरहनका लागि हाम्रा मुख्य नेताहरुले पार्टीको विधि भत्काउने र पार्टीलाई अस्तव्यस्त पार्ने काम गरेनन् । तर तपाईँले यो परम्परालाई भत्काउँदै हुनुहुन्छ । ‘आफूले छोड्नुपर्छ भने कुर्ची नै भाँचिदिन्छु’ भन्ने तपाईँले नै भनेको वाक्य नै तपाईँको जीवन दर्शन भएको छ ।

तपाईँ अध्यक्ष रहेको कालमा पार्टीले २०७४ सालको स्थानीय निर्वाचनमा २०५४ सालपछिको सबैभन्दा ठूलो विजय हासील गर्ने, वाम एकताको चीरप्रतिक्षित नारालाई साकार पार्दै दुईवटा ठूला कम्युनिष्ट पार्टीको गठबन्धन बनाउने, संसदमा वामपन्थी गठबन्धनको फराकिलो बहुमत बनाउने र पार्टी एकतासम्म गर्ने उपलब्धी हासील भए । तर आज पार्टी एकता टुटेको छ, संसदमा हाम्रो बहुमत भत्केको छ, वामपन्थी
गठबन्धनसमेत नबन्ने अवस्था आएको छ र पार्टीको प्रतिष्ठा गत स्थानीय तहको निर्वाचनभन्दा तल पुगेको छ । कम्युनिष्ट पार्टीका समस्त सदस्यहरु, शुभचिन्तक तथा समर्थकहरुमा भयानक निराशा मडराई रहेको छ । यस्तो अवस्थामा कम्तिमा आफ्ना कमजोरीहरुप्रति इमान्दारी देखाउनु वा ती असफलताको जिम्मा लिनु र राजीनामा गर्ने तत्परता देखाउनु त कता हो कता उल्टै अब बाँकि रहेको नेकपा एमालेको विधि, विधान र एकतासमेत भत्काउन तपाईँले देखाउनु भएको आतुरता रहस्यपूर्ण छ । तपाईँ अध्यक्ष हुनुभन्दा पहिले तपाईँ स्वयंले भन्ने गरेको तथाकथित ‘पार्टीको प्रजातान्त्रिकरण’ लाई तपाईँ के जवाफ दिनु हुन्छ ? पार्टीको नवौँ महाधिवेशनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को कार्यक्रमिक सोच अगाडि सारेको थियो ।

निर्वाचनमा वाम गठबन्धनले घोषणापत्र जारी गरेको थियो । तपाईँ सरकारको नेतृत्वमा आएपछि सरकारका आजसम्मका नीति–कार्यक्रम र बजेटहरु पार्टीका ती सोच र घोषणा विपरित दिशामा गए । सरकारमा जुन शक्ति र सामथ्र्यका साथ हामी गएका थियौँ त्यसको नेतृत्व गर्न तपाईँ असफल हुनु भयो । सरकारका विधेयकहरु विवादित भए, मन्त्रीहरु विवादित भए, अनेक काण्डमा तपाईँको भूमिका अनुचित रह्यो, विदेश नीतिमा तपाईँ अवसरवादी हुनु भयो, राष्ट्रिय अखण्डता र सार्वभौमिकताका प्रश्नलाई समेत तपाईँले निजी मामिला बनाउनु भयो, सुशासनलाई तपाईँ आफैले लज्जित पार्नु भयो, सरकार र राज्यलाई आफ्नो गुटका हितको साधनका रुपमा दुरुपयोग गर्नु भयो, कैयन्अधिकारहरु आफ्नो हातमा लिनु भयो तर तिनको दुरुपयोग गर्नु भयो, यस्ता अनेक असफलतापछि संसद विघटनजस्तो अवैधानिक कदम चाल्नु भयो । यी सबै अपयशको भारी यो पार्टी र आन्दोलनलाई त बोकाउनु नै भयो, त्यतिले नपुगेर अझै के तृष्णा बाँकि रह्यो र पार्टी विभाजन गर्न खोज्दै हुनु हुन्छ ? तपाईँ अहिले हिँडिरहेको बाटो रहस्यमय छ । कसको बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ?

अन्त्यमा,
तपाईँका कारणले पार्टी वैचारिक, सैद्धान्तिक, राजनीतिक र साब्गठानिक हिसाबले विसर्जनतर्फ जाँदैछ । यस पार्टीको सदस्य वैचारिकरुपले कहाँ उभिनु पर्छ÷उभिन्छ भन्ने कुरा हराउँदै गएको छ । हरेक व्यक्ति आफ्ना निजी फाइदा÷बेफाइदा हेरेर सामाजिक तथा राजनीतिक विषयमा धारणा बनाउँछ । अर्थात् व्यक्तिवाद नै विचारधारा बन्दैछ । पार्टी सदस्यका हिसाबले उसको लक्ष्य र बाटो के हो भन्ने प्रश्नको एकिकृत उत्तर छैन । जसले जुन काम गर्दा फाईदा हुन्छ त्यहि गर्दैछ । अर्थात्, सैद्धान्तिक रुपमा यो पार्टी घोर अवसरवादी हुँदैछ । फाइदाको हिसाब किताबले सामाजिक सम्बन्ध निर्माण गरिँदैछ । यसरी यस पार्टीमा दक्षिणपन्थ हावी हुँदैछ ।

उम्मेदवारी, नियुक्तिको सिफारिस, अवसरहरुको बाँडफाँट र त्यसका लागि गुटबन्दी नै सब्गठनकोमुख्य चरित्र बन्दैछ । यसरी यो पार्टी एउटा लोकतान्त्रिक र क्रान्तिकारी बाटोबाट टाढा जाँदैछ, विसर्जनको बाटोमा हिँड्दै छ । र, यो काम तपाईँको नेतृत्वमा हुँदैछ । पार्टी जीवनमा यस्ता समस्या आइरहन्छन्, तिनको समाधान गर्दै पार्टी अगाडि बढ्छ । कम्तिमा सबैले सबै विषयमा सब्गठनभित्रै छलफल गर्ने वातावरण हुँदा ती सबै समस्याहरुको तर्कसब्गत समाधान गर्न सकिन्छ ।

अहिले अदालतको फैसलाअनुसार २०७५ जेठ २ बाट पार्टी जीवन आरम्भ गर्दा नेकपा (एमाले) का सबै समस्या समाधान गर्ने दिशामा अघि बढ्ने बाटो खुल्छ । तपाईँ स्वयं नेकपा (एमाले) को नवौँ महाधिवेशनबाट चुनिएको हुँदा आजको पुनर्जिवित नेकपा (एमाले) को अध्यक्ष हुने तर त्यसै गरी विधिवत्निर्वाचनबाट आएका केन्द्रिय कमिटीका पदाधिकारीहरु, जिल्ला वा स्थानीय तहका अधिवेशनबाट आएका पदाधिकारी तथा सदस्यहरु र जनसब्गठनका सदस्य र पदाधिकारीहरु किन नहुने ? यति स्पष्ट आधारलाई समेत मिल्काएर तपाईँ पार्टीलाई कहाँ लान खोज्दै हुनुहुन्छ ?

कमरेड अध्यक्ष केपी ओली,
सत्ता र शक्तिको भोगको हिसाबले तपाईँले पाउन अझै के बाँकि छ ? पार्टीलाई बन्धक बनाएर तपाईले ती सबै पूरा गर्नु भयो । त्यहि अनुपातमा तपाईँले पार्टीको विचार, आदर्श, सामूहिकता, सामाजिकताजस्ता धरोहरहरु भत्काउँदै जानु भयो । अझै पनि हाम्रा अग्रजहरुको त्याग–बलिदानले निर्माण गरेका केही विरासत बाँकी छन् जसमा आउने पीँढीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रुपमा पुनर्जिवित गर्न सक्छन् । मेरो लाख–लाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनुस्। अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस्। क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोलि वा पर्सि तपाईँ दण्डित हुनु हुनेछ ।

(भुसालले एमाले अध्यक्ष केपी ओलीलाई मंगलबार बुझाएको स्पष्टीकरणको एक अंश)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *