रिबन

निलम्बनले झन् बढ्याे ओली–नेपालकाे दुरी

आजको पत्रपत्रिकामा नेपालले थ्री नेसन्स कप जितेको खबरलाई प्राथमिकताको साथ छापेको छ । नेपालले सोमबारको खेल २-१ को गोल अन्तरले जितेको थियाे ।
नागरिक दैनिकले ओली–नेपाल नदीका दुई किनारा शिर्षकमा समाचार लेख्छ, प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाललाई मंगलबार पार्टीबाट निलम्बन गरेपछि उनीहरुबीचको सम्बन्धमा थप दरारको स्थिति पैदा भएको छ ।
राजनीतिमा असम्भव भन्ने कुरा केही नभए पनि डेढ वर्षयता सम्बन्धमा तिक्तता आएपछि अध्यक्ष ओली नेता नेपाललाई पार्टी सदस्यताबाटै निलम्बन गर्ने तहसम्म पुगेका छन्
त्यस्तै ललिता निवास प्रकरणमा माधव कुमार नेपाल र बाबुराम भट्टराई नेतृत्वको सरकारको मन्त्रीपरिषद् बैठकको निर्णय झिकाउन सर्वोच्चले आदेश दिएको खबरलाइए पनि नागरिक दैनिकले पनि पेजमा छापेको छ। यो खबरलाई सबै पत्रिकाले उच्च स्थान दिएर छापेका छन् ।
त्यस्तै केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई ६ महिना साधारण सदस्यबाट समृत निलम्बन गरेको छ । सत्तारूढ दल एमालेले दुई नेता माधवकुमार नेपाल र भीम रावललाई कारबाही गरेको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नेपाल र रावललाई पार्टी सदस्यताबाटै ६ महिना निलम्बन गरेका हुन्।

‘तपाईंलाई सच्चिनको लागि यो अन्तिम मौका हो। आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने’, अध्यक्ष ओलीले सोमबार पठाएको पाँचबुँदे निलम्बनसम्बन्धी पत्रमा लेखिएको छ।
राजधानी दैनिकले पनि यही खबरलाई पहिलो पेजमा छापेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *