काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल पार्टी साधारण सदस्यबाट निलम्बित भएका छन् । स्पष्टिकरण चित्त बुझ्दो नआएको भन्दै पार्टीले ६ महिनाका लागि नेपाल र रावललाई पार्टी साधारण सदस्यबाट निलम्बन गरेको हो । नेपाल र रावलले शुक्रबार स्पष्टीकरण बुझाएका थिए। पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई पुनः स्पष्टिकरण सोधिने भएको छ ।




