खेलकुद

प्रधानमन्त्री ओलीसहितका नेताहरू आज दशरथ रंगशाला फुटबल हेर्न जाने

काठमाडौं । थ्री नेसन्स कपअन्तर्गत आज नेपाल र बंगलादेशबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । बेलुकी साढे ५ बजेबाट सुरु हुने खेल हेर्न प्रधानमन्त्री केपी ओलीसहित एमालेका शीर्ष नेताहरु रंगशाला जाने भएका छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार त्यही खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जान लागेका हुन् । यसअघिको खेल हेर्न पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल दशरथ रंगशाला गएका थिए ।

दशरथ रंगशालामा जारी त्रिदेशीय फुटबल प्रतियोगितामा कुनै गोल नगरी नेपाल फाइनलमा पुगेको हो । नेपालले सोचेअनुसारको खेल खेल्न नसकेको खेलाडीमाथि आरोप लागेको छ । खेल राम्रो भए पनि गोल गर्ने खेलाडीको अभाव देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *