आज संघीय राजधानीबाट प्रकाशित विभिन्न पत्रिकाले हिजोको होली पर्वको आकर्षक तस्वीरसहितका समाचारलाई प्राथमिकता दिएका छन् भने मेलम्चीको पानी काठमाडौंका धारामा आउन थालेको खबर लगायत राजनितिक खबरलाई पनि प्राथमिकताको साथ छापेको छन् ।
अन्नपूर्ण पोस्ट्ले संक्रमितहरू सीधै घरतिर शिर्षकमा मुख्य बखर छापेको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–४ मोती बस्तीका एक व्यक्ति आइतबार भारतको बैंगलोरबाट घर फर्किएका छन्। कैलाली र कञ्चनपुरसँग सीमा जोडिएको गौरीफन्टा नाकामा उनको एन्टिजेन परीक्षण हुँदा पोजिटिभ देखियो। तर, कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएको भन्दै सार्वजनिक यातायातबाट घर जान दिइयो।
भारतबाट सँगै आएका उनका भाइको पनि रिपोर्ट पोजिटिभ देखियो। उनी केहीबेर नाकास्थित हेल्थ डेस्कबाहिर बसेर बेपत्ता भए। प्रहरी र स्वास्थ्यकर्मीले खोजी गरे पनि उनी फेला परेनन्। ‘अहिले यहीनेर थिए। सायद घर गए होलान्’, उनका दाजुले भने।
त्यस्तै अन्ततः आयो मेलम्ची भन्ने शिर्षकमा अर्को खबरलाई पहिलो पेजमा छापेको छ ।
नागरिक दैनिकले वायू प्रदुषणले पोखरा धुम्म भएका र हवाई उडान रोकिएको खबरलाई छापेको छ । केही दिन देखि देशभर वायु प्रदुषण आकाश धुम्म छ ।
म्यानमारमा सैनिक दमन, नेपाल मौन शिर्षकमा अर्को खबर छ । भौगोलिक हिसाबले नजिक र नेपालीभाषीको समेत बसोबास रहेको म्यानमारमा सेनाले नागरिकमाथि बर्बर दमन र हत्या शृंखला दोहोर्याइरहँदा नेपालले भने आश्चर्यजनक मौनता साँधिरहेको छ। गत फरवरी १ मा निर्वाचनमा धाँधली भएको दाबी गर्दै त्यहाँको सेनाले प्रजातन्त्रवादी नेत्री आङ साङ सुकी र जननिर्वाचित प्रतिनिधिहरूलाई नियन्त्रणमा लिँदै सत्ता हातमा लिएको विरोधमा नागरिकहरूले गर्दै आएको प्रदर्शनमा सेनाले बर्बर दमन गर्दै आएको छ।
राजधानी दैनिकले पनि दुईदशकपछि काठमाडौंका धारामा मेलम्चीको पानी शिर्षकमा मुख्य खबर छापेको छ । प्रदूषण उस्तैः कडा रोग निम्ताउन सक्ने विज्ञले दिएको चेतावनीलाई पनि सबै पत्रिकाले पहिलो पृष्ठमा छापेको छन् ।
केही दिनदेखि राजधानी काठमाडौंलगायत देशका विभिन्न सहरमा देखिएको वातावरण प्रदूषणको उग्र रूपले मानव स्वास्थ्यमा गम्भीर समस्या पर्न सक्ने देखिएको छ । प्रदूषणको समयमा मनपर्दी हिँडडुल गर्दा स्वास्थ्यमा दीर्घकालीन समस्या पर्न सक्ने चिकित्सकले बताएका छन् ।




