विश्व

म्यानमारमा रोकिएन नरसंहार, अहिलेसम्म चार सयभन्दा बढी मारिए

एजेन्सी । म्यानमारमा सैन्य कू विरुद्ध प्रदर्शनमा उत्रेका नागरिकमाथि बर्बर दमन भएको छ । माघ १९ गते भएको सैनिक कूविरुद्धको प्रदर्शनमा त्यहाँको सैनिक शासकले चार सयभन्दा बढी नागरिकको हत्या गरेको छ । शनिबार मात्रै एक सय १४ जना मारिए । मारिनेमा बालबालिकासमेत रहेका छन् ।

सेनाको बल प्रयोगका अहिलेसम्मकै ठूलो संख्यामा मानिस मारिएको निगरानी समूह एसिस्टेन्स एसोसिएशन फर पोलिटिकल प्रिजनर्सले जनाएको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार मृतकको संख्या यकिन हुन सकेको छैन । यो संख्या अझै बढ्न सक्ने बताइएको छ । चरा र खुकुरा झैं सेनाले मान्छे मारिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिका, बेलायत तथा युरोपेली युनियनका अधिकारीहरुले हिंसाको निन्दा गरेका छन् । बेलायतका राजदूत डान चगले विज्ञप्ति निकालेर निर्दोष नागरिकमाथि गोली चलाएर म्यानमारको सेनाले आफ्नो प्रतिष्ठा गुमाएको बताएका छन् । प्रदर्शनकारीमाथि गोली चल्दै गर्दा सेना दिवसको अवसरमा म्यानमारका सैनिक प्रमुख जनरत मिन आङ लाइङले प्रजातन्त्र सुरक्षित रुपमा पुनःस्थापित गर्ने प्रतिबद्धता जनाएका थिए । सोही दिन सेनाले चरम दमन गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *