आजका पत्रपत्रिकामा फरक फरक विषयबस्तु स्थान पाएका छन् । अन्नपूर्ण पोस्ट्ले म्यान्मारमा भएको प्रदर्शनमा एकै दिन ९१ जना प्रर्दशनकारी मारिएको खबरलाई प्राथमिकताको साथ छापेको छ ।
शनिबार भएको प्रदर्शनमा नाको सरकारकाले कडाई गर्दै एकैदिन ९१ जनालाई गोली हानेर मारेको छ ।
त्यस्तै, प्रदूषणले घातक असर शिर्षकमा अर्को समाचार पनि छ । उपत्यकाको वायुको गुणस्तर मानव स्वास्थ्यलाई अत्यन्तै घातक देखिएको छ। विश्व स्वास्थ्य संगठनले वायुको गुणस्तर सूचकांक ९एक्यूआई० ३०० भन्दा बढी भए घातक भनेको छ। उपत्यकामा शुक्रबार एक्यूआई सबैभन्दा बढी भैंसेपाटीमा ३१४ पुगेको छ।
यसबाट तात्कालिक मात्रै होइन, दीर्घकालिक स्वास्थ्य समस्या निम्तिने जोखिम रहेकाले सजग हुन विज्ञहरूले आग्रह गरेका छन्। डढेलोको धुवाँ मिसिएको प्रदूषणले शरीरका सबै अंगलाई असर गर्ने चिकित्सक बताउँछन्। अल्पकालीन (तत्काल) रूपमा आँखा पोल्ने, छाला चिलाउनेलगायत स्वास्थ्य समस्या देखिए पनि दीर्घकालमा दम, फोक्सोको क्यान्सर हृदयाघातसमेत हुन सक्ने चिकित्सकको भनाइ छ।
यो समाचारलाई सबैजसो पत्रिकाले प्राथमिकता दिएर छापेका छन् । केही दिनदेखि नेपालको आकाश प्रदुषित तुवालोले ढाकेको छ ।
नागरिक दैनिकले डढेलोले बढायो बाय प्रदुषण शिर्षकमा पहिलो पेजमा यो खबरलाई छापेको छ । देशका सयौं ठाउँमा लागेको डढेलोको कारण वायु प्रदुषण बढेको हो ।
त्यस्तै माधव समूहले पार्टीभित्र संघर्ष गर्ने, आत्मसमर्पण नगर्ने खबरलाई पनि पहिलो पेजमा छापेको छ । नेकपा एमालेभित्र फरक मत राख्ने नेताहरु त्यहीभित्र बसेर संघर्ष गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । माधव नेपाल समूहका अधिकांश केन्द्रीय सदस्य र सांसदहरुले पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका हुन् ।




