रिबन

एमालेको संसदीय दलको बैठक बस्दै, आजै नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको जानकारी दिए ।
तर बालुवाटारमा हुने संसदीय दलको बैठकमा आफूहरू सहभागी नहुने खनाल-नेपाल समूहले बताएको छ। सो समूहले यसअघिको संसदीय दलको बैठक पनि बहिस्कार गरेको थियो ।

आजै नेकपा एमालेको खनाल–नेपाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । शुक्रबार बिहान ११ बजे कलंकीको मेघा पार्टी प्यालेसमा बोलाइएको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए ।
आजको बैठकले पार्टी विधानअनुसार पार्टीका बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गर्ने निर्णय गर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *