रिबन

जसपालाइ फकाउँदै प्रधानमन्त्री

आज संघीय राजधानीबाट प्रकाशित पत्रपत्रिकाहरुमा फरक फरक विषयबस्तु ले स्थान पाएका छन् ।
नागरिक दैनिकले काठमाडौंको सार्वजानिक जग्गाबारे चासो देखाएको छ । काठमाडौंको सयौं रोपनी सार्वजनिक जग्गा माफियाको कब्जामा शिर्षक दिएर नागरिक लेख्छ, सरकारले काठमाडौंका महत्वपूर्ण स्थानका सरकारीरसार्वजनिक जग्गा भूमाफियाले भोगचलन गरेको फेला पारेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तयार पारेको प्रतिवेदन अनुसार भूमाफियाहरूले मिलेमतोमा अनामनगर, बानेश्वर, भीमसेनगोला, चाबहिल, बल्खु, बालुवाटार, धापासीलगायत दर्जनौं स्थानमा सयौं रोपनी सरकारी जग्गा हडपेका छन्।

त्यस्तै जसपाको माग पुरा गर्न प्रधानमन्त्रीले चासो देखाएको कुरालाई पनि पहिलो पृष्ठमा छापेको छ । जनता समाजवादी पार्टीका माग पूरा गर्न सरकारले गृहकार्य अघि बढाएको छ । सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ जसपाका नेताहरुसँग कुराकानी गरेका छन् । जसपाका नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीसँग माग कसरी र कुन प्रक्रियाबाट पूरा गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

अन्नपूर्ण पोस्ट्ले कोरोना संक्रमण बढे सँगै सरकारले चासो देखाएको खबरलाई प्राथमिकताको साथ छापेको छ । उपत्यकामा उच्च सतर्कता अपनाइएको छ । भने अन्य प्रदेशमा पनि कोभिड अस्पताल, क्वारेटीन आइशोलेशनलाई तयारी अवस्थामा राख्न सरकारले निर्देशन गरेको छ ।
त्यस्तै बंगलादेशसँगको दुरी घटेको खबरलाई पनि अन्नपूर्ण पोस्ट्ल् छापेको छ । राष्ट्रपतिको भ्रमणका क्रममा भएका महत्वपूर्ण समझदारीसँगै बंगलादेश हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न बाटो खुलेको छ। नेपाल–भारत–बंगलादेश त्रिदेशीय व्यापार सहकार्यको सुविधासमेत प्राप्त भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *