रिबन

सीमा नाकामा गम्भीर बेवास्ता, काेराेना फैलनने खतरा

आजका पत्रपत्रिकामा विभिन्न विषयवस्तुले पहिलो पेजमा स्थान पाएका छन् । नागरिक दैनिकले आवरण कथामा वर्षमै भत्कियो दोलखा सिंगटी सडक, ७२ करोड लगानी व्यर्थ शिर्षकमाम समाचार छापेको छ ।
एसियाली विकास बैंकको ७२ करोड सहयोगमा बनेको सो सडक खण्ड अहिले ठाउँ ठाउँमा भत्किएको छ । आफूसँग भएको तीन लाख कार्यकर्तालाई कारबाही गरेर देखाउन माधवकुमार नेपालले दिएको चुनौतीलाई पनि नागरिक दैनिकले पहिलो पेजमा छापेको छ ।
अन्नपूर्ण पोस्ट्ले फेरि होला लकडाउन ? शिर्षकमा मुख्य खबर छापेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि लकडाउन गरेको थियो। तर, त्यसको अवधि थपिँदै लगिएको थियो। छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा त्रास बढेको छ। धेरैले प्रश्न गर्न थालेका छन्, ‘नेपालमा के होला ?’ ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरराज भण्डारी गत वर्षझैं लकडाउन घोषणा गर्नु त्रुटिपूर्ण हुने बताउँछन्।
त्यस्तै छिमेकि देश भारतमा कोरोना संक्रमित बढेसँगै नेपालका सिमाहरुमा कडाई हुन थालेको समाचारलाई पनि अन्नपूर्णले पहिलो पेजमा छापेको छ ।
उता राजधानी दैनिकले भने सीमा नाकामा गम्भीर बेवास्ता भन्दै पहिलो पेजमा खबर छापेको छ । ३० सीमा नाका खुला भएको र कोरोना संक्रमण भयावह बन्न सक्ने खतरा रहेको समाचारको सार छ । सीमा क्षेत्रमा भइरहेको सहज आवागमनका कारण भारतबाट फेरि कोरोना संक्रमण फैलने जोखिम बढेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *