रिबन

कांग्रेस सरकारमा नजाने देउवाको घोषणा, ओलीविरुद्ध तत्काल अविश्वास प्रस्ताव नआउने

मोरङ । लामो समयदेखिको नयाँ सत्ता समीकरण प्रयासमा पूर्णविराम लागेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस तत्काल सरकारमा नजाने बताएसँगै केपी ओली नेतृत्वको सरकार सुरक्षित भएको छ ।

विराटनगरमा मंगलबार बिहान पत्रकारसँगको कुराकानीमा देउवाले कांग्रेस विपक्षी पार्टी भएकाले तत्काल सरकारमा नजाने र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पनि नआउने प्रस्ट पारेका हुन् ।

‘कांग्रेसले सरकार बनाउँदैन,’ उनले भने, ‘विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन । कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ ।’

कांग्रेसको सोमबार बसेको पदाधिकारी बैठकले पनि नयाँ सरकार गठन गर्न अवस्था परिपक्व नभएको निष्कर्ष निकालेको थियो । कांग्रेस र माओवादी केन्द्र मिल्दा पनि अझै २७ सांसद कमी हुने भएकाले देउवाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन असम्भव भएको बताउँदै आएका छन् । देउवाले आजै केही दिनअघि निधन भएका कांग्रेस नेता अशोक कोइरालाको घर पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *