रिबन

एक दुई दिनभित्रै जसपा ओली सरकारमा सहभागी हुँदै, महन्थ पुगे बालुवाटार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकार पुनर्गठनको गृहकार्य सुरु गरेका छन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा आफूले विश्वासको मत प्राप्त गर्नुपर्ने भएकाले प्रधानमन्त्री ओलीले जसपालाई सरकारमा सामेल गराउने गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् ।

प्रधानमन्त्री ओलीसँग छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) का नेताहरू महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री ओली र जसपा नेताहरुबीच सोमबार साँझ पनि छलफल भएको थियो । यसअघि हरेक दिन एमाले र जसपाको कार्यदलबीच सत्ता समीकरणबारे छलफल भइरहेको थियो । अनौपचारिक रूपमा सत्ताको बाँडफाँट टुंगिएपछि औपचारिक रूपमा छलफल हुन लागेको हो ।

सत्ता समीकरणका लागि प्रधानमन्त्री ओलीसँग महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरूले सघन संवाद बढाएपछि डा.बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतका नेताहरू भने असन्तुष्ट बनेका छन् । तर, ओली सरकारमा सहभागी हुनुपर्ने मत जसपामा बलियो छ । उपेन्द्र र बाबुरामको इच्छाविपरीत महन्थ र राजेन्द्र जसरी पनि ओली सरकारमा सामेल हुने मनस्थितिमा पुगेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *