ताजा समाचार

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यक्रम

काठमाडौं । पुनःस्थापित प्रतिनिधि सभाको पाचौं बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ र ‘महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ ।
त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन २०७७’ पेस गर्ने सम्भावित कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

यस अघिको बैठकमा दलका नेताहरुले बोलेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *