आजका पत्रपत्रिकामा फरक फरक विषयकस्तुलाई पहिलो पेजमा प्राथमिकता दिएर छापिएको छ ।
अन्नपूर्ण पोस्ट्ले आयातकै भरमा नेपालको भान्सा चल्ने गरेकोबारे पहिलो पेजमा खबर छापेको छ । नेपालको भान्छामा धेरै प्रयोग हुने लसुन प्याज आलु नै विदेशबाट आयात नगरी नपुग्ने समाचारमा उल्लेख छ । विगत ८ महिनामा प्याज अर्ब ७९ करोडको आयात गरिएको छ ।
त्यस्तै मााधवकुमार नेपाल प्रधानमन्त्री हुँदा गुठिको जग्गा मोहीको नाममा बाडिएकोमा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको अर्को समाचारलाई अन्नपूर्णका सुरेन्द्र काफ्लेले लेखेका छन् ।
नागरिक दैनिकले अलमलमा माओवादी केन्द्र शिर्षकमा खबर छापेको छ ।
नेकपा माओवादी केन्द्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव लाने विषयमा अलमलमा परेको छ। प्राविधिक रूपमा सरकार अल्पमतमा परिहालेको छैन तर नेकपा एकीकरण बदर भई साबिकका माओवादी केन्द्र र एमाले ब्युँतिएपछि संकटमा भने परेको छ।
त्यस्तै व्यापारीको स्वार्थमा पानीको मूल्य निर्धारण अर्को मुख्य खबर छ ।प्रतिनिधिसभाको संसदीय समितिले व्यापारीको स्वार्थ अनुकूलमा उपभोक्तालाई भार पर्ने गरी पानीको मूल्य बढाउन निर्देशन दिएको छ। कानुन निर्माण तथा नीतिगत निर्देशन दिने जिम्मेवारी पाएको संसदीय समितिले उद्योगीलाई फाइदा हुने गरी पानीको मूल्य बढाउन निर्देशन दिएको हो।
राजधानी दैनिकले नयाँ सरकार गठनमा कांग्रेसको अरुचि शिर्षकमा खबर छापेको छ । नेपाली कांग्रेसले नयाँ सरकार गठनभन्दा पार्टी महाधिवेशन केन्द्रित छलफल चलाएको छ । ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा कांग्रेसले सोमबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाएको बैठकमा नया“ सरकार गठन विषयमा सामान्य छलफल मात्रै भएको हो । पछिल्ला गतिविधि र धारणा हेर्दा कांगे्रसमा तत्काल नयाँ सरकार गठनमा खासै रुचि देखिएको छैन । उसको मुख्य ध्यान महाधिवेशनमै केन्द्रित छ ।
रिबन




