रिबन

चिनियाँ राजदूत यान्छी फेरि सक्रिय, पुगिन् प्रचण्ड भेट्न खुमलटार

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी फेरि सक्रिय भएकी छन् । केही समयदेखि यान्छी नेपालको राजनीतिमा खुला रूपमा क्रियाशील भइरहेकी छन् ।

राजदूत यान्छीले सोमबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छन् । स्रोतका अनुसार उनी बिहान ९ बजेर ५ मिनेटमा खुमलटार पुगेर झन्डै १० बजे बाहिरिएकी थिइन् । उनले करिब ५० मिनेट प्रचण्डसँग राजनीतिक विषयमा कुराकानी गरेको बुझिएको छ ।

केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिन दबाब दिन यान्छी प्रचण्डलाई भेट्न खुमलटार पुगेको बताइएको छ । उनले प्रधानमन्त्री ओलीसँग पुनः सम्बन्ध सुधार गर्न सल्लाह पनि दिएको बुझिएको छ । कम्युनिष्ट सरकार ढालेर गैरकम्युनिस्ट सरकार बनाउन नहुने भन्दै यान्छीले अहिलेकै सरकारलाई निरन्तरता दिन एमाले र माओवादी केन्द्रका नेताहरूलाई दबाब दिने गरेको स्रोतले बतायो ।

– फाइल तस्बिर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *