राजनीति

माधव नेपालसहित चार नेतामाथि अनुशासनको दण्डा बर्साउने ओलीकाे तयारी

काठमाडौं। नेकपा एमालेको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । बालुवाटारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पार्टीभित्र समनान्तर गतिविधि गर्दै आएका वरिष्ठ नेता नेपालसहित चार जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

पार्टी हित विपरित काम गरेको, गुटगत भेला गरेर नेतृत्व र पार्टीलाई खुइल्याउन लागिपरेको, सरकारको वद्नाम गरेकोजस्ता आरोपमा माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, र घनश्याम भूसाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । ओलीले रामकुमारी झाक्रीलाई पनि स्पष्टिकरण साेध्ने तयारी गरेका थिए । तर, पदाधिकारीलाई मात्र स्पष्टिकरण साेधिएकाे छ । सरकारकाे नेतृत्व समेत गरिरहेका अध्यक्ष ओलीले चित्तबुझ्दो जवाफ नआए अनुशासनको दण्डा वर्साउने सुनाएका थिए । केन्द्रीय समिति बैठकले पार्टीभित्रका सम्पूर्ण अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गर्ने समेत निर्णय गरेको छ । जसले पार्टीभत्र एकल निर्णय गर्न ओली राेकिने छैनन ।

आजको बैठकले समानुपातिक सांसदहरुको बन्द सूचीमा रहेको नाम हेरफेर गर्ने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *