समाचार

एमाले संसदीय दलको बैठक बालुवाटारमा,वामदेव गौतम पनि सहभागी

काठमाडौँ । नेकपा (एमाले)को संसदीय दलको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघिदेखि बसिरहेको एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए।

सो बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ । यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो ।

बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन। उनका अनुसार संसदीय दलको बैठकलगत्तै एमालेको १२औँ केन्द्रीय कमिटी बैठक बस्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *