कला/साहित्य

तन्का कविता


१,
मन त बन्द
बिउ टुसाएपछि
खोजेको थाँक्रो
कीरा नै छिरिहाल्ने
प्वालैप्वाल पातमा ।
२,
धेरै नै टाढा
छिर्ला कि खुल्ला झ्याल
आँखा झुक्किँदा
कोट्याउन खोजेथेँ
आँखै खसालिदियौ ।
३,
खोजेको थिएँ
अनुहार चिनिन
हुन सकिनँ
टाढा भएको छैन
भाँडेको पनि छैन ।
४,
भइनौ तिमी
बाटो घुमिरहन्छ
लामो सडक
तर्साउन निभेको
थकाउँदाको मज्जा ।
५,
कोठा खोलिनौ
तान्दा खोल्ने रहर
लुकेको मन
क्गिया लागेको आँखा
किला ठोकेको ढोका ।
६,
कथा सुनेथेँ
गुजुल्टो पर्ने सर्प
माहुरी घर
ओइलिएको फूल
कुहिएको पालुङ्गो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *