राजनीति

ओलीको घमण्डकै कारण देश र पार्टी बिग्रर्यो: नेपाल

काठमाडौ । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले केपी ओलीको व्यक्तिबाद र बिचलनले धेरै बिगारेको भन्दै अहिलेको लडाई बिचारकै भएको बताएका छन् । शुक्रबार काठमाडौंमा अखिल नेपाल महिला संघको राष्ट्रिय कार्यकता भेलामा नेता नेपालले ओली सिद्धान्तनिष्ट र आदर्शप्रति समर्पित हुन नसकेकाले आफुहरु बिचारको लडाई लड्न बाध्य भएको बताएका हुन् ।

उनले ओलीको घमण्डकै कारण देश र पार्टी बिग्रेको आरोपसमेत लगाए । ओलीले ठिक ढंगले पार्टी चलाउन नखोज्दा आफुहरु विरोधमा उत्रिनु परेको उनको भनाइ छ । नेता नेपालले आफुहरुप्रति ओलीले हामी कहाँ छौ भनेर व्यङ्ग गरेको भन्दै छिटै आफुहरु बालुवाटारमा हुने धारणासमेत व्यक्त गरे । अध्यक्ष नेपालले अव नेकपा एमालेलाई जनताप्रति समर्पित गर्दै शसक्त ढंगले समाजवादको बाटोमा अघि बढाउने पनि उल्लेख गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *