रिबन

भोलिको केन्द्रीय कमिटीमा वामदेव उपस्थित हुने

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमालेको शनिबारको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुने भएका छन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिका लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन् । उक्त बैठकमा सहभागी जनाउने नेता गौतमले बताएका हुन् ।

शुक्रबार ललितपुरमा आयोजित अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै गौतमले भोलि हुने केन्द्रीय कमिटी बैठकमा आफू उपस्थित हुने बताए । उनले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहिताका नेताहरू पनि भोलिको बैठकमा उपस्थित हुनुपर्ने बताए ।

उपाध्यक्ष गौतमले सामूहिक रूपमा बैठकबाटै पार्टीभित्रको समस्या हल गर्नुपर्नेमा जोड दिँदै भने, ‘अब केन्द्रीय कमिटी बैठकबाटै लडाइँ गर्नुपर्छ । बैठकमा सबै सहभागी भएर खबरदारी गर्ने बेला यही हो ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *