काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न एमाले संसदीय दलको बैठकले पाँच बुँदे निर्णय गरेको छ ।
जसमा गुटगत भेला गर्नेलाई कारबाही गर्ने, सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने, पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने, संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गर्ने र सत्ताइस सदस्यीय संसदीय दलको बोर्ड गठन छन् ।
संसदीय बोर्डमा केपी ओली, माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि राखिएको छ । जबकि नेपाल र खनाल बैठकमा सहभागी नै छैनन् । बाँकी २५ जना सबै ओली पक्षका सांसद छन् ।
बोर्डमा सुवास नेम्वाङ, शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक, विशाल भट्टराई, शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनि राना, मोहन बानिया र राजेन्द्र राई रहेका छन् ।




