ताजा समाचार

एमाले संसदीय दलको बैठक बालुवाटारमा बस्दै, खनाल-नेपाल पक्ष जान नभ्याउने

काठमाडौं । नेकपा–एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदीय दलको बैठक बोलाएका छन् ।
बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा एमाले संसदीय दलको बैठक बस्न लागेको छ। ओलीले सबैलाई एसएमएस मार्फत बैठकबारे खबर पठाएका छन् ।

तर संसदीय दलको बैठकमा सो पार्टीको नेपाल–खनाल पक्ष सहभागी नहुने भएको छ। ललितपुरमा जारी माधव समूहको नेता तथा कार्यकर्ता भेलामा सहभागी हुनुपर्ने भएकाले संसदीय दलको बैठकमा सहभागी नहुने पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । भट्टराईले आज जारी रहने कार्यकर्ता भेलाका कारण आफूहरु सो बैठकमा उपस्थित हुन नभ्याउने बताएका छन्।

‘प्रधानमन्त्रीले संसदीय दलको बैठक बोलाउनुभएको छ, एसएमएसबाट बैठकको सूचना आएको थियो तर संसदीय दलका नेता तथा प्रधानमन्त्री र संसदीय दलको कार्यालयलाई पनि एमाले कार्यकर्ता भेला छ भन्ने थाहा थियो, यहाँ अधिकांश नेता, सांसद, संसदीय फाँटका अधिकांशको सहभागगिता भएको जानकारी नभएको होइन,’ भट्टराईले भने, ‘संसदीय दलको बैठकमा जान्छौं, आपत्ति होइन, तर भेलाको कार्यव्यस्तताका कारण आउन सक्दैनौं भनेर हामीले विनम्रताका साथ भनेको छौं।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *