काठमाडौं । आजको पत्रपत्रिकाहरुले फरक फरक विषयमा समाचारहरु प्रकाशित गरेका छन् ।
राजधानी दैनिकले देशको विकासमा भएका खर्चको हिसावकिताव निकालेको छ । विकास खर्च २३.४६ प्रतिशत मात्रै शिर्षकमा राजधानी दैनिक लेख्छ, सरकारले चालू आर्थिक वर्षको आठ महिना तीन दिनको अवधि मंगलबारसम्ममा कुल विनियोजित बजेटको जम्मा २३.४६ प्रतिशत मात्र पुँजीगत (विकास) खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७(७८ को आठ महिनामा जम्मा ८२ अर्ब ७९ करोड १६ लाख रुपैयाँ मात्र पुँजीगत खर्च भएको छ । चालू आवका लागि सरकारले कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको छ । सो पुँजीगत खर्चमध्ये अहिलेसम्म जम्मा २३।४६ प्रतिशत मात्र पुँजीगत खर्च गरेको सरकारले विनियोजित बजेटको लक्ष्य भेट्न आगामी तीन महिनाभित्र ७६.५४ प्रतिशत पुँजीगत खर्च गर्नुपर्नेहुन्छ ।
नेपाल समूहको भेलाः आफ्नै अध्यक्षमाथि आरोपको थुप्रो शिर्षकमा अर्को समाचार छ । काठमाडौंमा भइरहेको राष्ट्रिय भेलामा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपालले अवधारणापत्र पेस गर्दै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता नचाहेको आरोप लगाएका छन् । कार्यक्रममा बोल्ने प्रायः सबै जसोले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोपै आरोप लगाए ।
यो समाचार आजका सबै पत्रिकामा प्राथमिकताको साथ छापिएका छन् ।
नागरिक दैनिकले ओली प्रवृत्तिविरूद्ध नेपाल–खनालः पार्टी एकता जोगाउन राष्ट्रिय भेला शिर्षकमा समाचार छन् । अन्नपूर्ण पोस्ट्ले एमाले कलह उत्कर्षमा शिर्षकमा छापेको छ ।
अन्नपूर्णले पहिलो पेजमा तराईमा दाइजोले लिएको ज्यानको विषयमा खबर छ । दाइजोले छिनिएकी रेखादेवी शिर्षकमा दाइजो कै ज्यान गएको विषयलाइ छापेको छ । दाइजोको भुंग्रोमा परेकी २३ वर्षीया रेखादेवी ठाकुर अघिल्लो फागुनमा माइत गएकी थिइन्। बुवाआमाले जग्गा बेचेर कसिदिएको लगनगाँठोकै सम्मान खातिर रेखादेवी मन नलाग्दा–नलाग्दै ईशनाथ–५ लक्ष्मीनियास्थित घर फर्किइन्। ‘त्यसपछि बहिनी रेखादेवी फर्केर आइनन्’, उनका दाइ रोशन ठाकुरले भावविह्वल हुँदै सम्झिए, ‘आयो त केवल मृत्युको खबर।’




