काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले अहिले पनि साइबर स्यालहरु ज्युँदै रहेको बताएका छन् । उनले भने, ‘साइबर स्यालहरु अझै पनि ज्युँदै रहेछन्, यो साइबर स्यालहरु अझै पनि बाँचिरहेका रहेछन् । नेकपा हुँदा थिए एमाले हुँदा हराए भनेको त अझै रहेछन् । साइबर स्यालदेखि होसियार, गलत सूचना सम्प्रेषण गर्नेछन् ।’
आफूहरुले आयोजना गरेको कार्यकर्ता भेला साइबर स्यालहरुले स्थगित भयो भनेर फेक सूचना जारीसमेत गरेकोमा गम्भीर आपत्ति जनाए । ‘योगेश भट्टराईको नक्कली हस्ताक्षरसहित टाँसेर फेक सूचना सम्प्रेषण गरिरहेका थिए’, ललितपुरमा भएको कार्यकर्ता भेलामा उनले भने, ‘४ र ५ गतेको भेला स्थगित गरिएको छ भनेका थिए । म आफैँ पनि हेरेँ के पो आएछ ? सही फोटोकपी गरेर टाँसेर सम्प्रेषण गरिएको रहेछ ।’




