काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान ११ बजे बैठक बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
संसदीय दलको बैठकमा माधव समूह नजाने भएका छन् । ललितपुरमा जारी माधव समूहको नेता तथा कार्यकर्ता भेलामा सहभागी हुनुपर्ने भएकाले संसदीय दलको बैठकमा सहभागी नहुने नेता सुरेन्द्र पाण्डेले बताए ।




