रिबन

माधव पक्षको भेलामा मोहनचन्द्र, राधाकृष्ण, सिद्धिलाल सिंहदेखि प्रदीप नेपालसम्म

काठमाडौं । ललितपुरको सानेपामा सुरु भएको एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा धेरैजसो वरिष्ठ नेताहरू सहभागी भएका छन् ।

झापा आन्दोलनका पहिलो गुरिल्ला कमाण्डर मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, प्रदीप नेपाल, कमल कोइराला, सिद्धिलाल सिंहदेखि केशरमणि पोखरेलसम्मका पुराना एमालेका नेताहरू भेलामा सहभागी भएका छन् ।

नेपालका नेल्सन मण्डेलाका नामले परिचित अधिकारीले आफूले बनाएको पार्टीको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताएका छन् । ‘यो पार्टी ०२४ सालमा म समेतले बनाएको हो, आज यहाँ आउँदा खुसी लागेको छ,’ उनले भने ।

एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, तीनजना उपाध्यक्ष, दुईजना सचिव, एकजना उपमहासचिव भेलामा उपस्थित भएका छन् ।

कार्यकर्ता भेलामा पुराना नेता कार्यकर्ता उपस्थित भएकाले एमाले अध्यक्ष केपी ओली पक्षले अब क–कसलाई कारबाही गर्ने ? भन्ने चुनौती देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *