रिबन

नेपाल-खनाल पक्षले बोलाएको कार्यकर्ता भेला आजदेखि, काेही नजान ओली चेतावनी

काठमाडौं । सत्तारूढ नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरू हुने भएको छ।
यसअघि पार्टी अध्यक्षले कार्यकर्ता भेला रोक्न आग्रह गरेका थिए । धुम्बाराहिमा पार्टी अध्यक्षसँगको वार्तामा कुरो नमिलेपछि कार्यकर्ता भेला स्थगित नभएको हो । फागुन २८ मा भएको निर्णय फिर्ता गर्न भने प्रधानमन्त्री ओली तयार नभएपछि खनाल नेपाल समूहले पनि कार्यकर्ता भेलालाई नरोकेको हो ।
हिजोमात्रै आफूले आयोजना गरेको चियापान कार्यक्रममा खनाल नेपाल पक्ष उपस्थित नभएपछि रुष्ट प्रधानमन्त्री ओलीले कुनै गुटगत भेलामा नजान र नगर्न चेतावनी दिएका थिए । आजको भेलामा जानेलाई नजर राखिने ओलीले बताएका छन् ।
उता भेलाको सबै तयारी पूरा भइसकेको खनाल नेपाल समूहले बताएको छ। ललितपुर सानेपास्थित होटल हेरिटेज गार्डेनमा भेला हुने भएको हो।
भेलाका लागि खनाल(नेपाल समूहले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीसमेत दिएको थियो ।

भेलामा जिल्लादेखि केन्द्रीय समिति सदस्य गरी दुई हजार जनाभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने एमाले नेता योगेश भट्टराईले बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *