रिबन

नेपाल र खनाललाई फकाउन आज ओलीले राखे चियापान, तर दुबै नेता नजाने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को माधवकुमार नेपाल । झलनाथ खनाल समूहलाई विशेष प्राथमिकता दिएर आज अध्यक्ष केपी शर्मा ओलीले चियापनन कार्यक्रम राखेका छन् । तर सोमबारको वार्तामा कुनै निष्कर्ष ननिस्केपछि नेपाल खनाल समूहले आजको चियापान बहिष्कार गर्ने भएका छन् ।
सोमबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी कार्यालय धुम्बाराहीमा आयोजना भएको छलफल लगत्तै वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय सदस्य र सांसदहरुसँग छलफलमा गरेका थिए । छलफलमा चियापान कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेका हुन् । त्यस्तै चैत ४ र ५ गते बोलाइएको राष्ट्रिय कार्यकर्ता भेला पनि नरोकिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भेला रोक्न आग्रह गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *