काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेपाल–खनाल समूहले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय भेला नरोक्ने र प्रधानमन्त्री केपी शर्माले भोलि मंगलबार आयोजना गरेको चियापान बहिष्कार गर्ने भएका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी कार्यालय धुमबराहीमा आयोजना भएको छलफल लगत्तै वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय सदस्य र सांसदहरुसँग छलफलमा गरेका छन् । नेता नेपालले उक्त छलफलबारे जानकारी दिन आफू पक्षीय केन्द्रीय सदस्य र सांसदलाई बोलाएका हुन् ।
वरिष्ठ नेता नेपालले केन्द्रीय सदस्य र सांसदहरुसँगको छलफलमा भने चैत ४ र ५ गते बोलाइएको राष्ट्रिय कार्यकर्ता भेला नरोकिने र प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मंगलबार बालुवाटारमा आयोजना गरिएको चियापान कार्यक्रममा सहभागी हुने छैन ।




