राजनीति

किन स्थगित भयो माओवादी केन्द्रको बैठक ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ । आज सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेसँगै बैठक केही दिनका लागि स्थगित गरिएको नेता नारायणकाजी श्रेष्ठले बताए ।

आज बसेको केन्द्रीय कमिटी बैठकले संसदमा रहेका मुख्यतया दुई दलसँग वार्ता गर्ने निर्णय गरेको नेता श्रेष्ठले बताए । उनले भने, ‘अब सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन बस्दैन ।’

पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाइएको र पत्रसमेत पठाइएकोमा अहिलेसम्म उनीहरूले जवाफ नदिएकोले अब त्यसैलाई आधार बनाएर पार्टीले निर्णय लिने पनि श्रेष्ठले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *