रिबन

नेपालमा मल कारखाना सम्भव छ ?

आजका पत्रपत्रिकामा समसामायिक विषयबस्तुले स्थान पाएका छन् । गोइत समूहले सिरहाको मालपोत कार्यलयमा बम विस्फोट गराएको घटनालाई सबै पत्रिकाले प्राथमिकताको साथ स्थान दिएका छन् । बम विस्फोटमा परी ८ घाइते भएका थिए ।

राजधानी दैनिकले बन्न सकेन कांग्रेस—माओवादी–जसपा गठबन्धन शिर्षकमा पहिलो पेजमा समाचार छापेको छ । संसद पुनस्थापिनापछि बदलिएको मुलुकको राजनीतिक ‘कोर्स’अनुसार नै सत्तारूढबाहेकका दल सरकार फेरबदलको प्रयासमा निरन्तर लागेका छन् । तर उनीहरूको गठबन्धन सशक्त बन्न नसक्दा नयाँ सरकार बन्ने स्पष्ट आधार तय हुन नसकेको समाचारमा उल्लेख छ ।
त्यस्तै भारतको सिरम औषधी उत्पादक कम्पनीले दोस्रो खेपको कोरोना भ्याक्सिन पठाउन आनाकानी गरेको खबरलाई पनि राजधानी दैनिकले पहिलो पृष्ठमा छापेको छ ।
थप १० लाख डोज खोप आउन ढिलाइ शिर्षकमा स्वास्थ्य मन्त्रालयले २० लाख डोज खरिदका लागि प्रतिडोज खोपको ४ डलरका दरले १ अर्ब रुपैयाँ अग्रिम भुक्तानी गरेको थियो । सरकारले पुनः सेरमसँगै ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाइसकेको छ । स्रोतका अनुसार सेरमले पछिल्लोपटक खोपको मूल्य बढाउने र १० प्रतिशत थप रकम एजेन्टका लागि दिनुपर्ने बताउँदै आएको छ ।
नागरिक दैनिकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध माधवकुमार नेपिाल र झलनाथ खनाल निर्वाचन आयोग पुगेको खबरलाई पहिलो पेजमा छापेको छ ।

अन्नपूर्ण पोस्ट्ले राजनितिक भन्दा अलि फरक विषयलाई पहिलो पेजमा छापेको छ ।
मल देशमै सम्भव शिर्षकमा अन्नपूर्ण लेख्छ, नेपालमा रासायनिक मल कारखाना खोल्न सम्भव रहेको छ । यससम्बन्धी अध्ययन समितिले प्राकृतिक ग्यास प्रविधिमा आधारित कारखाना खोल्न उपयुक्त रहेको प्रतिवेदन सरकारलाई आइतबार बुझाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *