मुख्य समाचार

कम्युनिष्ट अधिकारलाई थिचोमिचो बनाउने पार्टी हो : सहमहामन्त्री डा. महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले आगामी निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने दाबी गरेका छन् । नेपाल मगर संघद्वारा आयोजित प्रथम सुदुरपश्चिम प्रदेश सम्मेलनको प्रमुख वक्ताका रुपमा रहेका सहमहामन्त्री डा.महतले नेपाली कांग्रेसको उत्कृष्ठ सिद्धान्त र विचार भएकाले नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउने दाबी गरेका हुन ।

कम्युनिष्टको विचार असफल भइसकेकाले अब नेपालमा कहिल्यै कम्युनिष्टले चुनाव नजित्ने डा. महतले दाबी गरे । डा. महतले नेपाली कांग्रेसले आफ्नो पालामा गरेका कामको प्रचार व्यापक बनाउनु पर्ने धारणा राखे । आफूले गरेको काम प्रचार गर्न नसक्दा नेपाली कांग्रेस पछि परेको डा. महतको भनाइ थियो ।

नेपालमा कम्युनिष्टको कुरा बिक्ने र कांग्रेसको काम नविक्ने अवस्था आएकाले कांग्रेसले प्रचारशैलीलाई बदल्नु पर्ने डा. महतले बताए । चिया पसल चौतारीमा गफ चुटेर देशमा संमृद्धि र उन्नति नआउने भन्दै नेपाली कांग्रेसले काम गरेर देखाउने बताए । कम्युनिष्ट विचार भनेको अधिकारलाई थिचोमिचो बनाउने विचार भएकाले कम्युनिष्टलाई आगामी निर्वाचनबाट जनताले ठेगान लागाउने नेता महतको धारणा थियो ।

ढिलो चाडो निर्वाचन हुने भएकाले कांग्रेसको विचार लिएर जनतामाझ जान र कम्युनिष्टका कर्तुतको प्रदर्फास गर्न कार्यर्तालाई डा. महतले निर्देशन दिए ।

कांग्रेस निर्वाचन जितेर जनताको विश्वास लिएर सरकारमा जान्छ डा. महतले भने कांग्रेस हतारिएर सरकारमा जादैन । सहज तरिकाबाट सरकार बन्ने अवस्था आएमात्र मुलुकलाई निकास दिन कांग्रेसले सरकारको नेतृत्व लिन डा. महतको धारणा थियो ।

आउने निर्वाचनको तयारीमा जुट्न नेता महतले कार्यकर्तालाई निर्देशन दिए । नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नयाँ युगको सुत्रपात गर्ने डा. महतले दाबी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *