रिबन

प्रचण्डले माओवादी केन्द्रको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्ने

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम फेर्ने तयारी सुरु गरेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको नाम परिवर्तनको एजेन्डा राखिएको छ । नेताहरुका अनुसार पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ प्रस्ताव गर्ने सम्भावना छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतले बदर गरेपछि दुवै दल अलग अलग अस्तित्वमा आएका छन् । अदालतले नेकपा नाम ऋषिराम कट्टेललाई दिएपछि एमाले र माओवादी केन्द्रको एकता खारेज भएको हो ।

माओवादी केन्द्र राख्दा नेपाली मात्र होइन, अन्तर्राष्ट्रिय समुदाय भड्किने भएकाले प्रचण्डले पार्टीको नाम फेर्ने गृहकार्य थालेका हुन् । एमालेका असन्तुष्ट माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम समूहलाई सजिलो हुने गरी प्रचण्डले ‘नेपाली कम्युनिस्ट पार्टी’ नाम राख्न लागेका हुन् ।

आजको बैठकमा संगठनात्मक काम, पार्टी विधान र पार्टी अनुशासन, राष्ट्रिय भेलालगायतका विषय एजेन्डामा राखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *