समाचार

बाबुराम भन्छन्, जसपालाई तासको जोक्कर नठान्नुस्

काठमाडौं । डा.बाबुराम भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रविरुद्ध कसैसँग सम्झौता नगर्ने बताएका छन्। प्रधानमन्त्री केपी ओलीको विकल्प खोजीरहेका बेला उनले जसपालाई तासको जोक्कर नठान्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री केपी ओलीलाई सत्ताच्यूत गर्न अहिले विपक्षी दलहरूबीच छलफल र बैठक तीव्र बनेको छ । तर, अझै कुनै ठोस निकास निस्कन सकेको छैन । दलहरूबीच जतिबेलासम्म सहमति जुट्दैन, तबसम्म प्रधानमन्त्री ओलीको सत्ताको आयु लम्बिने स्पष्ट छ । यतिबेला सत्ताको किङ मेकर जसपा बनेको छ ।

जसपा सत्ता निर्माणका लागि अहिले प्रधानमन्त्री ओलीदेखि काँग्रेस र माओवादी केन्द्रसँग छलफलमा जुटेको छ। सत्ता समीकरणका लागि बालुवाटारदेखि बुढानिलकण्ठसम्म धाए पनि जसपाकै संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो पार्टी कसैको पुच्छर नभएको दाबी गरेका छन्।

बाबुरामले जसपाबारे जान्नै पर्ने कुरा भन्दै शनिबार तीन बुँदा ट्वीट गरेका छन्। उनले सत्तारुपी जुवाको खालको च्याँखेदाउ थाप्ने खेलाडी जसपा नभएकोसमेत प्रस्ट्याएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *