रिबन

माओवादी केन्द्रले आज गृहमन्त्री, ऊर्जामन्त्रीसहित २३ नेतालाई कारबाही गर्दै

काठमाडौं । माओवादी केन्द्रले आज एमाले कमिटीमा राखिएका नेताहरूलाई कारबाही गर्ने भएको छ । शनिबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले एमालेमा गएका नेतालाई सरकारबाट फिर्ता हुन र २४ घन्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो । जसअनुसार आज समयसम्मको म्याद छ । तर, एमालेको कमिटीमा बसेका नेताहरूले माओवादीमा नफर्किने स्पष्ट पारेपछि आज उनीहरूलाई कारबाही गर्न थालिएको हो ।

माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानीमन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी, खेलकुद मन्त्री दावा लामालगायत मन्त्रीहरु ले प्रधानमन्त्री केपी ओलीको साथ नछाड्ने अडान राखेका छन् ।

बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रबाट मन्त्री बनेर अहिलेसम्म फिर्ता नभएकाहरुलाई कारबाही गर्ने तयारी भएको केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
माओवादी नफर्कने निर्णय गरेकाहरुलाई केही महत्त्वपूर्ण जिम्मेवारीसमेत दिइएको छ । माओवादी केन्द्रले कारबाहीको तयारी गरे पनि उनीहरु फिर्ता नहुने मनस्थितिमा छन् । बरु मन्त्री र सांसद पद त्याग्न आफूहरू तयार रहेको तर ओलीलाई छाड्न नसक्ने उनीहरूको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *