राजनीति

सहजरुपमा वैकल्पिक सरकार गठन हुने अवस्था आए मुलुकलाई निकास दिन कांग्रेसले नेतृत्व गर्छ : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सहजरुपमा वैकल्पिक सरकार गठन हुने अवस्था आए कांग्रेसले सरकारको नेतृत्व गर्ने बताए । नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको वागमती प्रदेश स्तरिय महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सहमामन्त्री डा. महतले मुलुकमा विद्यमान अन्योलता अन्त्यका लागि वैकल्पिक सरकारको आवस्यकता औल्याउदै सहज रुपमा वैकल्पिक सरकार गठन हुने अवस्था आए सरकारको नेतृत्व कांग्रेसले गर्ने बताएका हुन ।

संसद पुर्नस्थापनपछि पछि पनि देशमा अन्योल कायम रहेकाले मुलुकलाई निकास दिन कांग्रेसको नेतृत्व आवस्यक रहेको डा. महतको भनाइ थियो । अप्राकृतिक अवस्थबाट कांग्रेस सरकारमा जादैन डा. महतले भने सहज रुपमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने परिस्थिति निर्माण भए कांग्रेस सरकारमा जान्छ । र, मुलुकलाई निकास दिन्छ ।

जबसम्म अधिकार र स्वतन्त्रताकाे सुनिश्चित हुदैन तबसम्म कसैको पनि उत्थान हुन नसक्ने डा. महतले बताए । नेपालमा महिला अधिकारदेखि नागरिक अधिकार स्थापित नेपाली कांग्रेस कै नेतृत्वमा भएको उनले स्पष्ट पारे ।

दक्षिण एशियामै एक तिहाइ आरक्षण पाउने पहिलो मुलुक नेपाल भएको बताउदै डा. महतले महिलाहरु आरक्षण सीट र ५१ प्रतिशतमा सीमित नभई सबैको विश्वास जितेर ९० प्रतिशत पुग्ने लक्ष्य लिएर अघि बढन आग्रह गरे ।

डा. महतले कम्युनिष्ट पार्टीको सरकारले देशलाई बर्वादितर्फ धकेलेको बताए । नेपालका कम्युनिष्टहरु जनतामा भ्रम छरेर सत्तामा पुगेको उनले आरोप लगाए । विश्वका कुनै पनि देशमा निर्वाचनमार्फत सत्तामा पुग्न नसकेका कम्युनिष्टहरु नेपालमा जनता झुक्याएर सरकारमा पुगेको डा‍ . महतकाे तर्क थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *