रिबन

बैठकमा नआए विधानमा जे व्यवस्था छ, त्यही हुन्छः ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा अनुपस्थित हुनेलाई विधानले जे व्यवस्था गरेको छ, त्यही हुने बताएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेताहरूप्रति लक्षित गर्दै उनले भने, चैत ७ गतेको बैठकमा अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ ।’

अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीले आयोजना गरेको १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सम्बोधन गर्दै उनले पटक–पटक बैठकमा नआए पार्टीको विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘२०७७ साल चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु, केन्द्रीय कमिटीका सदस्यहरू आउनुहोला ।’

प्रधानमन्त्री ओलीले आफूलाई पार्टीको साधारण सदस्यबाट निकालेको भने पनि आफूले कसैलाई कतैबाट ननिकालेको बताए । तर पार्टीको कामलाई अगाडि बढाउन केही नेताहरुलाई जिम्मेवारी दिइएको भन्दै उनले अरु नेताहरु आएपछि सल्लाह गरेर अगाडि बढ्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *