रिबन

कांग्रेस, जसपा र माओवादी मिलेर सरकार बनाउनुपर्छः पौडेल

बाग्लुङ । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा विकृति भित्राएकाले तत्काल सत्ताबाट हटाउनुपर्ने बताएका छन् । शनिबार बागलुङमा प्रेस युनियनले गरेको भेटघाटमा उनले असंवैधानिक कदम चाल्दै देशलाई संकटतर्फ धकेल्ने व्यक्तिलाई देशको अभिभारा सुम्पन नसकिने बताएका हुन् ।

अहिलेको समयमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्र मिलेर नै सरकार बनाउनुपर्ने वरिष्ठ नेता पौडेलेको भनाइ छ । नेता पौडेलले सरकार सञ्चालनका लागि कम्युनिष्ट पार्टीले पाएको जनमत उनीहरु आफैले छिन्न भिन्न पारेकाले देशलाई बर्बादीतर्फ जान नदिन नेपाली काँग्रेसले नेतृत्व लिने बताए । ओली सरकार हटाउनका लागि जसपा वा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउन पनि काँग्रेस तयार हुने उनको भनाइ छ ।

संविधान संशोधन र रेशम चौधरीको मुद्दा लगायतका विषयमा आफुहरु सकारात्मक रहेको पौडेलले बताए । नेता पौडेलले अब पनि ओलीलाई जोगाउन लाग्नेहरुको राजनीतिक निष्ठा र राष्ट्रियतामाथि नै प्रश्न उठ्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *