काठमाडौं । नेकपा माओवादी केन्द्रले ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिवार पार्टी कार्यालय पेरिस डाडाँमा बसेको पार्टीको स्थायी कमिटी बैठकले संघीय सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय लिएको हो ।
माओवादी केन्द्रबाट गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुद मन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन । माओवादीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु नेकपा एमालेको जिम्मेवार पदमा मनोनित भएका छन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार माओवादी केन्द्रका २३ नेतालाई नेकपा एमाले पार्टीको केन्द्रीय सदस्य मनोनित गरेका थिए । बैठकले एमालेको पार्टी कमिटिमा राखिएका संघीय तथा प्रदेश संसदहरुलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने समेत निर्णय गरेको छ ।
नेकपा माओवादी केन्द्रले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएसंगै सरकारलाई दिएको समर्थन नैतिक रुपमा भने फिर्ता भइसकेको छ । तर, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने फिर्ता लिने निर्णय भने गरको छैन ।




