१,
भुसुक्कै बिर्से
फुटाल्दा नरिवल
पानी भुइँमा ।
२,
मकैको घाेका
पिल्छाउन खोजेको
आवाज निस्क्यो ।
३,
थाकेको खुट्टा
भट्टिभित्र छिरेको
नाचेको आँखा ।
४,
अँध्याराे बाटो
ठेस लाग्दा उप्केछ
निभेको बत्ती ।
५,
भिरालो बाटो
हातखुट्टा टेकेर
छिर्न खोजेको ।
६,
ऐँसेलु टिप्दा
झ्याङभित्र छिरेको
हात चिप्लिँद ।
७,
चाँदी टल्किँदा
पग्लेको चिसो हिउँ
पात कुहिँदा ।




