१,
विकासे गफ
सहर नै केन्द्रित
विकट बस्ती
कहाली लाग्छ सधैँ
राज्यको उपस्थिति
बाँड्दै भोक र रोग ।
२,
रमिते आँखा
ग्रामीण बस्तीतिर
विकास भन्दै
खोतलेर जमिन
वर्षाको भेल बग्दा
खनाएको विनाश ।
३,
काँतर मन
गुम्सेको आफैभित्र
माया ममता
सम्झेर आफैलाई
मुसारेको खुसीले
आँखा चिम्लि हाँसेको ।
४,
माया जागेर
आफूलाई तेर्साएँ
चाहेको बेला
पर्खिबसेँ सम्झेर
सकिनौ माया दिन
मन बन्यो खरानी ।
५,
बबुरो बन्दै
दिएँ मुटु रमेर
तनाव निम्त्यो
आँखा चिम्ली बसेको
अँध्यारोले तर्सायो
सरापेँ भाग्यलाई ।
६,
आफ्नो सम्झेर
विश्वास सुम्पिँदा
धाेका मिलेको
उज्यालो पनि कालो
थचारिएको पीडा
अत्तालिएको आँखा ।
७,
आँखा चिम्लेर
अँध्यारो चुम्न खोज्दा
फन्दामा आफै
कालाे मन लिएर
जीवन डोर्याउँदा
कान्लामुनिकाे बास ।
८,
दुखेको मन
अँध्यारो घोप्टेपछि
आँसुको धारा
सुख बदल्न खोज्दा
पीडाले धकलेको
डरले तर्साएको ।
९,
खेलेको माया
होसियार बनेर
गमेको मन
सपना देख्न खोज्दा
समय पल्टिएको
चिप्लेको कालो माया ।




