राजनीति

नेपाल–खनाल समूहको आकस्मिक स्थायी कमिटी बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आकस्मिक स्थायी कमिटीको बैठक बोलाएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनबाट निर्वाचित पदाधिकारीको जिम्मेवारीबाट हटाएरपछि नेपाल–खनाल समूहले आकस्मिक रुपमा स्थायी कमिटी बैठक डाकेका हुन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार सरकारी निवास बालुवाटारमा आफू निकट नेताहरुको बैठक राखेर नेकपा एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म हने निर्णय गरेका हुन्

उक्त बैठकले माधवकुमार नेपाल पक्षका केही नेताहरुको जिम्मेवारी खोसेको छ भने पार्टीको महासचिवबाहेक अरु पदाधिकारी हटाउने निर्णय गरेका छन् । प्रधानमन्त्री ओलीले सातै प्रदेशका इन्चार्जको जिम्मेवारी समेत हेरफेर गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *