काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गरेको हो । बैठकमा माधव नेपाल पक्ष भने सहभागी थिएन ।
बैठकले महासचिव बाहेक सबै पद खारेज गरेको छ । सोही बैठकले माओवादी केन्द्रबाट आएका रामबहादुर थापा’ बादल’ सहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित समेत गरेका छन् । आजको बैठकले एमालेको विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति दिएको छ। उक्त विभागमा पहिला माधवकुमार नेपाल थिए ।
त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ। साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोकेका छन् । कर्णालीमा मणी थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इञ्चार्ज तोकेको छ ।




