काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक चैत १ गते बैठक बस्ने गरी बोलाइएको हो । सो बैठकमा यसअघि छुट्टिएर प्रचण्ड समूहमा गएका माधवकुमार नेपाल र झलनाथ खनालसहित सबैलाई बोलाइएको एमालेका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
सर्वोच्चको फैसलासँगै साविकको एमाले ब्युतिएपछि पहिलो बैठक बस्न लागेको हो ।




