आजको पत्रपत्रिकामा फरक फरक विषयबस्तुले स्थान पाएका छन् । महाशिवरात्रीको अवसरमा देशभरमा शिवालयहरुमा भएको चहलपहलबारे मुख्य खबर छ भने पशुपतिनाथमा आएका बाबाहरुको तस्वीर र सैनिक दिवसको अवसरका तस्वीर तथा समाचा पहिलो पृष्ठमा छ ।
नागरिक दैनिकले दोस्रो खेप दिन सेरमको आनाकानी
शिर्षकमा मुख्य खबर छापेको छ । भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले नेपालले कोरोनाविरुद्ध खरिद गरेको खोपमध्ये दोस्रो खेप उपलब्ध गराउन आनाकानी गरेको छ । सरकारले सेरमसँग २० लाख कोरोना खोप खरिद गरेको थियो । त्यसमध्ये १० लाख खोप समयमा दिएको सेरमले बाँकी दिन आनाकानी गरेको हो । भारत सरकारको सहयोगकै कारण नेपालमा कोरोना खोप लगाउने वातावरण बनेको थियो ।
त्यस्तै गुटबन्दीले थिलथिलो कांग्रेसः देउवाको भागमा अपजस मात्र शिर्षकमा पहिलो पेजमा खबर छ । पार्टीभित्र मौलाएको गुटबन्दी अन्त्य गर्नुको साटो देउवा त्यसकै दलदलमा फसेका छन्। विभिन्न स्वार्थ समूह हावी हुँदा विधिविधानअनुसार कार्यसम्पादन गर्न असफल देउवाले सहमतिबाट पनि पार्टी चलाउन सकेनन्। सहमतिबाट अघि बढ्न खोजे विधिविधान, विधिविधानअनुसार चल्न खोजे सहमतिको उल्झन देउवाले कार्यकालको सुरुदेखि नै खेप्दै आएका छन्।
आजको अन्नपूर्ण पोस्ट्ले पनि शिवरात्रीका भक्तको भीड शिर्षकमा खबर छापेको छ ।
त्यस्तै जसपा र सरकारबीचको वार्ता सकारात्मक भएको खबर सबै पत्रिकामा छापिएका छन् । अन्नपूर्ण पोस्ट् लेख्छ, सत्तारुढ नेकपा (एमाले) र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको उच्चस्तरीय वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको छ ।
राजधानी दैनिकले यौन प्रकरण मुछिएका जर्नेलसहित तीन जना बर्खास्त भएको खबर छापेको छ । सेनाको २८ नम्बर बाहिनी सिराहाका बाहिनीपति ९जर्नेल० पंकज कार्कीले संगठनभित्रै महिला सैनिक अधिकृतलाई यौन दुव्र्यवहार गरेको प्रमाणित भएपछि उनलाई बर्खास्त गरिएको सैनिक उच्च स्रोतले जानकारी दिएको छ । यौन दुव्र्यवहार गरेर बर्खास्त हुने कार्की पहिलो उच्च सैनिक अधिकृत हुन् ।




