राजनीति

प्रधानमन्त्री ओली भेट्न जसपा शीर्ष नेताहरू बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूले भेट्दैछन् । भेटघाटको समयतालिका ५ बजेलाई तोकिएको छ ।

जसपा नेता केशव झाले दिएको जानकारी अनुसार संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषदका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दैछन् । भेटघाटको टोलीमा नेताहरू राजेन्द्र महतो र अशोक राई पनि छन् ।

बिहीबार बसेको जसपा पदाधिकारी बैठकले शुक्रबार संसदीय दलको बैठक डाकेको छ । पार्टी एकीकरणपछि संसदीय दलका नेता चयन गर्न बैठक बोलाइएको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *