रिबन

एमालेमा ओलीले नेपाल समूहलाइ भाउ नदिएपछि….

आजका पत्रपत्रिकामा समसामायिक विषयबस्तुलाई प्राथमिकता दिएर छापिएका छन् ।
अन्नपूर्ण पोस्ट्ले पशुपतिनाथमा आज शिवारात्रिको तयारीबारे पहिलो पृष्ठमा तस्वीर छ भने जसपा तानाताम शिर्षकमा मुख्य समाचार छ । संसद्को चौथो शक्ति जनता समाजवादी पार्टी (जसपा) तानतानमा परेको खबर छ । ओली पक्ष आफ्नो सत्ता टिकाउन जसपासँग सहकार्य गर्न कोसिस गरिरहेका छन् भने माओवादी केन्द्र पनि जसपालाई फकाएर सत्ता समिकरण बनाउन चाहन्छ ।
त्यस्तै राजधानी दैनिकले पनि गुटगत गतिविधिले मिलनविन्दुमा अवरोध शिर्षकमा मुख्य खबर छ ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह पछिल्ला दिनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहसँग केही सफ्ट देखिए पनि आफ्नो गुटगत भेलालाई भने जारी नै राखेको छ । बुधबार राजधानीमा बसेको नेपाल समूहको छुट्टै भेलाले विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टीलाई एकताबद्ध बनाउने भूमिका अध्यक्ष ओलीकै हुने भन्दै त्यसको पहलकदमी ओलीले नै गर्नुपर्ने आवश्यकता औंल्याएको हो ।
नागरिक दैनिकले यहि खबरलाई एमालेमा ओली हठ, स्पेस खोज्दै नेपाल समूह शिर्षकमा पहिलो पेजमा खबर छ । सर्वोच्च अदालतले पूर्व माओवादी केन्द्र र नेकपा एमाले छुट्टाछुट्टै भएको बताए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहसँग अहिले सम्म परामर्श गरेका छैेनन् । उनले पार्टीभित्र कै बरिष्ठ नेताहरुसँग परामर्श नगरेको कारण पार्टीको संरचना संचालनमा अन्यौल उत्पन्न भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *