लुम्बिनी प्रदेश

कांग्रेसद्वारा कार्यदल गठन

रुपन्देही । लुम्बिनी प्रदेशको विपक्षी दल नेपाली कांग्रेसले सत्ता समीकरणलगायत विषयमा अरु दलसँग छलफल गर्न आज कार्यदल गठन गरेको छ । कांग्रेस प्रदेशसभा संसदीय दलले प्रमुख सचेतक फखरुद्दिन खानको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो ।    

कार्यदलमा वीरबहादुर राना र रमा अर्याल सदस्य रहेका छन । फागुन २३ गते आएको नेकपासम्बन्धी निर्णयबाट उत्पन्न परिस्थितिबारे दलहरूसँग छलफल गर्न कार्यदल बनाइएको लुम्बिनी प्रदेशका संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले जानकारी दिए ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *