राजनीति

माधव नेपालले छुट्टै भेला किन आवश्यक देखे ?

काठमाडौं । नेकपा एमालेका माधवकुमार नेपाल समूहले बानेश्वरको एक होटलमा छुट्टै भेला आयोजना ग¥यो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कानुनी रुपमा एकै भए पनि व्यवहारिक रुपमा बेग्लाबेग्लै रहेछ भन्ने पुष्टि गरेको छ ।

एमाले पुनःस्थापना भएयता अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरुसँग भेटेका छैनन् । यसबीच अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितका नेताहरुले माओवादीबाट आएका नेताहरुको व्यवस्थापनलगायतका विषयमा टुंगो लगाउँदैछन् ।

एमालेमै बसेर केपी ओली प्रवृतिविरुद्ध संघर्ष गर्ने निष्कर्षसहित पेरिसडाँडाबाट छुटेका नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठकलाई अहिले अर्थपूर्ण हेरिएको छ । अब कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा छलफल गर्न केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठक बस्न लागेको एक नेताले बताए ।

साविकको एमाले संसदीय दलमा ओलीको अत्यधिक बहुमत रहे पनि केन्द्रीय कमिटीमा भने नेपाल पक्षमा पनि ओलीकै हाराहारी केन्द्रीय सदस्य छन् । प्रतिनिधिसभाका १ सय २० सांसद कायम रहेकामा नेपालका पक्षमा ४० सांसद छन् । नेपाल पक्षले आफूहरुसँग ४२ सांसद रहेको दाबी गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *