रिबन

धनगढीमा ओली र माधव समूहबीच झडप

धनगढी । कैलालीको धनगढीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दुई पक्षबीच विवाद हुँदा झडप भएको छ । सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा बोर्ड र नेमप्लेट राख्‍ने र हटाउने विषयमा विवाद भएपछि झडप भएको हो ।

झडपमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केही कार्यकर्ता गम्भीर घाइते भएका छन् । बुधबार बिहान नेपाल पक्षका कार्यकर्ताले कार्यालय प्रवेश गरी भीम रावल प्रदेश इन्चार्ज र भानुभक्त जोशी अध्यक्ष भएको नेम प्लेटसहित नयाँ बोर्ड राखेका थिए ।

त्यसको केहीबेरमा ओली पक्षका प्रदेश अध्यक्ष कर्ण थापाको नेतृत्वमा गएको जुलुसले माधव पक्षले राखेको बोर्ड च्यातेर नयाँ बोर्ड राखेको थियो । सो समूहले रावल प्रदेश इन्चार्ज र जोशी अध्यक्ष भन्ने नेम प्लेट पनि हटाएको थियो ।

त्यसलगत्तै रावल पक्षका कार्यकर्ता आएर ओली पक्षले राखेको बोर्ड र नेम प्लेट हटाएका थिए । यसपछि दुई पक्षबीच विवाद भई झडपको स्थिति भएको हो । झडप भएको स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *